दफा १७ः उद्योगको वर्गीकरण

Estimated reading: 1 minute 382 views

१) यस ऐनको प्रयोजनको लागि उद्योगहरुलाई देहाय बमोजिम वर्गीकरण गरिएको छः-

(क) लघु उद्यम: दफा ८ बमोजिम अनुमति लिनु पर्ने उद्योग बाहेक देहायको अवस्था भएको उद्योगलाई लघु उद्यम मानिनेछ:-

(१) घर जग्गा बाहेक बढीमा बीस लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेको,

(२) उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको,

(३) उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको,

(४) वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा कम रहेको,

(५) इञ्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा इञ्जिन, उपकरण बा मेसिनमा खपत हुने विद्युतीय अर्जा, इन्धन वा अन्य तेल इञ्जिनको क्षमता बीस किलोवाट वा सोभन्दा कम रहेको।

(ख) घरेलु उद्योग: देहायको अवस्था भएको उद्योगलाई घरेलु उद्योग मानिनेछ:-

(१) परम्परागत सीप र प्रविधिमा आधारित,

(२) श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित,

(३) इञ्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा बढीमा पचास किलोवाटसम्मको क्षमताको विद्युतीय झर्जा प्रयोग गरेको,

(४) अनुसूची-२ मा उल्लेख भए बमोजिमका उद्योगहरु।

(ग) साना उद्योग: लघु उद्यम र घरेलु उद्योग बाहेकको पन्ध्र करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योग,

(घ) मझौला उद्योग: पन्ध्र करोड रुपैयाँभन्दा बढी पचास करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योग,

(ङ) ठूला उद्योग: पचास करोड रुपैयाँभन्दा बढी स्थिर पूँजी भएको उद्योग।

२) उपदफा (१) मा उल्लिखित उद्योगलाई त्यस्ता उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा देहाय बमोजिम वर्गीकरण गरिएको छः-

(क)उर्जामूलक उद्योग: उर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न अनुसूची-३ मा उल्लिखित उद्योगहरु,

(ख) उत्पादनमूलक उद्योग: कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्धप्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगहरु,

(ग) कृषि तथा वन पैदावारमा आधारित उद्योग: कृषि वा वन पैदावारमा आधारित कच्चा पदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा वन पैदावारसँग सम्बन्धित अनुसूची-४ मा उल्लिखित उद्योगहरु,

(घ) खनिज उद्योग: खनिज उत्खनन्‌ वा प्रशोधन गरी कुनै धातु वा धातु बाहेकका खनिज पदार्थ उत्पादन गर्ने उद्योगहरु,

(ङ) पूर्वाधार उद्योग: भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने अनुसूची-५ मा उल्लेख गरिएका उद्योगहरु,

(च) पर्यटन उद्योग: पर्यटन सेवासँग सम्बन्धित अनुसूची-६ मा उल्लिखित उद्योगहरु,

(छ) सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग: सूचना सङ्कलन, प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना, सञ्चार वा सूचना प्रसारण प्रविधिको सेवा उपलब्ध गराउने अनुसूची-७ मा उल्लिखित उद्योगहरु,

(ज) सेवामूलक उद्योग: सेवा उत्पादन वा प्रदान गर्ने अनुसूची-८ मा उल्लिखित उद्योगहरु ।

३) कुनै उद्योगको दफा १२ बमोजिम पूँजी वृद्धि, क्षमता वृद्धि, उद्देश्यमा थप,परिवर्तन वा हेरफेर भएमा त्यस्तो उद्योग उपदफा (१) बमोजिम जुन वर्गमा पर्ने हो सोही वर्गमा स्वतः वर्गीकृत भएको मानिनेछ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै उद्योगलाई उद्योगको वर्गीकरणमा समावेश गर्न वा कुनै एक वर्गमा समावेश भएको उद्योगलाई कुनै अर्को उपयुक्त वर्गमा रहने गरी व्यवस्था गर्न सक्नेछ।

५) प्रचलित कानून बमोजिम दर्ता भएका तोकिए बमोजिमका सहकारी संस्थाले सो संस्थाको स्वामित्व रहने गरी उद्योग दर्ता गर्न चाहेमा यस ऐन बमोजिम उद्योग दर्ता गर्न सकिनेछ।

६) यो ऐन प्रारम्भ हुनु अघि दर्ता भएका उद्योगहरुले यो ऐन बमोजिम वर्गीकरण हुन चाहेमा उद्योग दर्ता गर्ने निकायले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी वर्गीकरण अद्यावधिक गर्न सक्नेछ।

७) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा (१) वा (२) बमोजिमको वर्गीकरणमा आवश्यक हेरफेर गर्न सक्नेछ।

Share this Law

दफा १७ः उद्योगको वर्गीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.