दफा ४ः उद्योग दर्ता सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 415 views

१) यस ऐन बमोजिम देहायका उद्योग स्थापना गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले तोकिए बमोजिमको विवरण र कागजात सहित तोकिएको ढाँचामा दर्ताको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ:-

(क) अनुमति लिनु पर्ने अनुसूची-१ मा उल्लिखित उद्योग,

(ख) विदेशी लगानीमा स्थापना हुने उद्योग,

(ग) नेपालको संविधानको अनुसूची-५ मा उल्लिखित विषयसँग सम्बन्धित उद्योग,

(घ) दुई वा दुईभन्दा बढी प्रदेशको कार्यक्षेत्र भएको उद्योग,

(ङ) कूटनीतिक मामिला सम्बन्धी शैक्षिक परामर्श सेवाहरुसँग सम्बन्धित उद्योग ।

२) उपदफा (१) बमोजिमका उद्योगहरु बाहेक अन्य उद्योगहरुको दर्ता, नवीकरण र नियमन लगायत उद्योग प्रशासन सम्बन्धी कार्य सम्बन्धित प्रदेश सरकारबाट हुनेछ।

तर अनुमति लिनु पर्ने उद्योगको हकमा अनुमति लिनु पर्नेछ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारबाट दर्ता, नबीकरण र नियमन हुने उद्योगको सम्बन्धमा सम्बन्धित प्रदेश सरकारले कानूनद्वारा व्यवस्थित नगरेसम्म त्यस्ता उद्योगको दर्ता, नवीकरण र नियमन लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कार्य संघले गर्नेछ।

४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आणविक शक्ति (एटोमिक इनर्जी), बिकीरणजन्य सामग्री (रेडीयो एक्टीभ म्याटेरियल्स) उत्पादन गर्ने उद्योग, आणविक उर्जा र युरेनियममा आधारित झर्जासँग सम्बन्धित उद्योगहरु नेपाल सरकारबाट मात्र स्थापना र सञ्चालन हुनेछन्‌।

५) उपदफा (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ संलग्न गर्नु पर्ने विवरण वा कागजात विद्युतीय माध्यम (अनलाइन) बाट समेत पेश गर्न सकिनेछ र तत्सम्बन्धी कागजातको प्रमाणीकरण विद्युतीय हस्ताक्षरको माध्यमबाट गर्न सकिनेछ।

६) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा आवश्यक विवरण तथा कागजात पूरा भएको नदेखिएमा उद्योग दर्ता गर्ने निकायले नपुग विवरण वा कागजात पेश गर्न बढीमा नब्बे दिनको अवधि तोकी निवेदकलाई तत्काल जानकारी दिनु पर्नेछ।

७) उपदफा (६) बमोजिम माग गरेको विवरण वा कागजात निवेदकले पेश नगरेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिमको प्रक्रिया पूरा भएको नदेखिएमा उद्योग दर्ता गर्ने निकायले कारण खुलाई उद्योग दर्ताको निवेदन अस्वीकृत गर्न सक्नेछ। त्यसरी अस्वीकृत गर्ने निर्णय भएकोमा निर्णय भएको पाँच दिनभित्र कारण खुलाई सोको लिखित जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।

८) उपदफा (१) मा उल्लिखित उद्योग बाहेकका अन्य उद्योग स्थापना गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले प्रदेश कानूनमा व्यवस्था भए बमोजिमको विवरण र कागजात सहित उद्योग दर्ताको लागि सम्बन्धित प्रदेशको उद्योग दर्ता गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ।

Share this Law

दफा ४ः उद्योग दर्ता सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.