दफा १२ः उद्योगको पूँजी वृद्धि, क्षमता वृद्धि र उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्ने

Estimated reading: 1 minute 314 views

१) कुनै उद्योगले आफ्नो विद्यमान पूँजी वृद्धि वा क्षमता वृद्धि गर्न वा उद्देश्य थप वा परिवर्तन वा हेरफेर गर्न चाहेमा सोको स्वीकृतिको लागि उद्योग दर्ता गर्ने निकाय समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा उद्योग दर्ता गर्ने निकायले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो उद्योगको पूँजी वृद्धि गर्न, क्षमता वृद्धि गर्न, उद्देश्यमा थप, परिवर्तन वा हेरफेर गर्न नब्बे दिनभित्र स्वीकृति दिनु पर्नेछ। त्यसरी पूँजी वृद्धि वा क्षमता वृद्धि गर्न वा उद्देश्य थप वा परिवर्तन वा हेरफेर गरेको कारणले उद्योगको वर्गीकरणमा परिवर्तन हुने भएमा सम्बन्धित उद्योगले सोको अभिलेख अद्यावधिक गराई उद्योग दर्ता प्रमाणपत्रमा जनाउन लगाउनु पर्नेछ।

३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि लघु उद्यम वा अनुमति लिन नपर्ने  एक करोडसम्म स्थिर पूँजी भएका घरेलु तथा साना उद्योगले पूँजी वृद्धि  वा क्षमता वृद्धि गर्दा उद्योग दर्ता गर्ने निकायको स्वीकृति आवश्यक पर्ने छैन।

तर त्यस्तो पूँजी वृद्धि वा क्षमता वृद्धि गर्न वा उद्देश्य थप वा परिवर्तन वा हेरफेरबाट वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भएमा प्रचलित कानून बमोजिम सोको प्रतिवेदन स्वीकृत गराउनु पर्नेछ।

४) कुनै उद्योगले साविकमा जडित यन्त्र-उपकरणमा फेरबदल नगरी व्यवस्थापकीय दक्षता अभिवृद्धि गरी प्रक्षेपित उत्पादनभन्दा बढी उत्पादन गरेकोमा क्षमता वृद्धि गरेको मानिने छैन।

Share this Law

दफा १२ः उद्योगको पूँजी वृद्धि, क्षमता वृद्धि र उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.