अनुसूची-९

Estimated reading: 0 minutes 352 views

(दफा १९ सँग सम्बन्धित)

राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग

१. घरेलु उद्योग,

२. उर्जामूलक उद्योग,

३. कृषि तथा वन पैदावारमा आधारित उद्योग,

४. पूर्वाधार उद्योग,

५. निर्यातमूलक उद्योग,

६. पूर्वाधार सहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन, गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा पर्यटन, च्याफ्टिङ्, सभा सम्मेलन पर्यटन, खेलकुद पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, मनोरञ्जन पार्क निर्माण तथा सञ्चालन, वन्यजन्तु आरक्ष,

७. खानी तथा खनिजजन्य उद्योग, पेट्रोलियम तथा प्राकृतिक ग्यास तथा इन्धन अन्वेषण तथा उत्पादन,

८. स्वदेशी चुनढुङ्गा प्रयोग गरी क्लिंकर तथा सिमेण्ट उत्पादन गर्ने उद्योग, लेदो रेशा (पल्प) तथा कागज, चिनी, रासायनिक मल (मिश्रण बाहेक), प्राङ्गारिक मल, जुत्ता चप्पल, धागो उत्पादन सम्बन्धी, पशुपालन, माछा पालन, कुखुरा पालन र मौरी पालन सम्बन्धी, पुष्प खेती (फ्लोरिकल्चर), स्वदेशी कच्चा पदार्थमा आधारित रबरको प्रारम्भिक प्रशोधन र रबरजन्य वस्तुको उत्पादन, धूलो दूध, औषधि उत्पादन, फोहोरमैला तथा खेर गएको वस्तुको प्रशोधन, इन्धन वचत गर्ने उपकरण उत्पादन गर्ने उद्योग, प्रदूषण कम गर्ने उपकरण उत्पादन गर्ने उद्योग र अपाङ्गहरुले प्रयोग गर्ने साधन तथा उपकरण उत्पादन गर्ने उद्योग, कृषि यन्त्र उपकरण तथा औद्योगिक मेसिनरी बनाउने उद्योग, विद्युतबाट चल्ने सवारी साधनहरु उत्पादन गर्ने उद्योग, सर्पदेशको औषधि बनाउने उद्योग, आँखाको कृतिम लेन्स उत्पादन गर्ने उद्योग,

९. काठमाडौं उपत्यका, महानगरपालिका क्षेत्र र तराई क्षेत्रका उपमहानगरपालिका क्षेत्रबाहिर स्थापना हुने अस्पताल, नर्सिङ होम, पशु अस्पताल एवं चिकित्सालय, स्वास्थ्य परीक्षण सेवा, स्वास्थ्य प्रयोगशाला, जैविक अनुसन्धानशाला र शिक्षण एवं प्रशिक्षण संस्थाहरु,

१०. सूचना प्रविधि उद्योग,

११. निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र उद्योग ग्राममा स्थापना भएका उद्योग,

१२. नेपाल सरकारले आवश्यक मापदण्ड बनाइ उच्च मूल्य र न्यून तौल/आयतन (हाइ प्राइस लो वेट/भोल्युम) भएको पहिचान गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका वस्तु उत्पादन गर्ने उद्योग,

१३. नेपाल सरकारले स्वीकृत गरेको राष्ट्रिय एकीकृत व्यापार रणनीति (एन.टी.आई.एस.) ले निर्धारण गरेका वस्तु वा सेवाको उत्पादन गर्ने उद्योग,

१४.चलचित्र निर्माण, 

1१५. खोप उत्पादन गर्ने उद्योग,

1१६. तरल (लिक्विड) अक्सिजन उत्पादन गर्ने उद्योग।

1 मिति २०७८/०४%२५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप।

Share this Law

अनुसूची-९

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.