अनुसूची-८

Estimated reading: 1 minute 393 views

(दफा १७ को उपदफा (२) को खण्ड (ज) सँग सम्बन्धित)

सेवामूलक उद्योग

१. यान्त्रिक कार्यशाला (वर्कशप),

२. छापाखाना तथा छपाई सम्बन्धी सेवा,

३. पेशागत अनुसन्धान तथा विकास, व्यवस्थापन, ईन्जिनियरिङ्ग तथा डिजाइन, कानूनी, लेखा, लेखापरीक्षण, शिक्षण प्रशिक्षण, शैक्षिक तथा प्राविधिक परामर्श सेवाहरु,

४. जिनिङ्ग तथा बेलिङ्ग व्यवसाय,

५. प्रदर्शनी सेवा,

६. सांस्कृतिक तथा मनोरञ्जनात्मक व्यवसाय,

७. निर्माण व्यवसाय,

८. सार्वजनिक यातायात व्यवसाय,

९. फोटोग्राफी,

१०. अस्पताल,

११. नर्सिङ्ग होम, क्लिनिक, पोलिक्लिनिक, पुनःस्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल,

१२. शारीरिक व्यायाम, योग-ध्यान तथा अभ्यास केन्द्र सञ्चालन,

१३. शिक्षण एवं प्रशिक्षण संस्था,

१४. पुस्तकालय, अभिलेखालय तथा संग्रहालय सेवा,

१५. प्रयोगशाला,

१६. हवाई यातायात सेवा,

१७. खेलकुद सेवा, स्वीमिङ्ग पुल,

१८. शीत भण्डार सञ्चालन,

१९. हाउस वायरिङ्ग इलेक्ट्रीकल फिटिङ्ग र मर्मत,

२०. फोहोरमैला सङ्कलन तथा सरसफाई, फोहरमैला पुनः प्रशोधन,

२१. घर जग्गा खरिद गरी भूमि विकास गरी बिक्री गर्ने व्यवसाय,

२२. निर्माण सम्बन्धी भारी उपकरण (हेभी इक्वीपमेण्ट) भाडा, मर्मत तथा सञ्चालन,

२३. पशु चिकित्सा सेवा,

२४. ब्याट्री रिचार्जिङ्ग,

२५. स्वास्थ्य परीक्षण (एक्स-रे, सिटी स्क्यान, एम.आर.आई, अल्ट्रासाउण्ड जस्ता सेवाहरु) तथा स्वास्थ्य परीक्षण प्रयोगशाला,

२६. निर्माण भइसकेका पूर्वाधारहरुको सञ्चालन गर्ने (जस्तैः सभा सम्मेलन भवन, खानेपानी आपूर्ति, इन्धन तथा इन्धनजन्य ग्यास आपूर्ति सम्बन्धी पाइप लाइन, गोदामघर तथा भण्डारण, विमानस्थल, बसपार्क, रङ्गशाला, स्पोर्ट्स कम्प्लेकस, रोपवे, सडक, सिँचाइ, विद्युत प्रशारण, विद्युत गृह, रेलवे सेवा, कार्गो कम्प्लेक्स, इनल्याण्ड क्लियरेन्स डिपो (आई.सी.डी.) जस्ता सेवा सञ्चालन गर्ने) व्यवसायहरु,

२७. खाद्यान्न कुटानी, पिसानी, पेलानी र प्याकिङ्ग गर्ने कार्य,

२८. कपडा तथा धागो रङ्गाइ, साइजिङ्ग र कपडा छपाइ (कपडा बुन्ने उद्योगले आफ्नो प्रयोजनको लागि गरेकोमा बाहेक),

२९. ढुवानी तथा कार्गो व्यवसाय वा सेवा,

३०. भन्सार एजेण्ट सेवा,

३१. प्याकेजिङ्ग, रिफिलिङ्ग सेवा (एल.पी.जी. ग्यास रिफिलिङ्ग र सवारी ग्यास रिफिलिङ्ग गर्ने स्टेशन समेत),

३२. कुरियर सेवा,

३३. ड्राइक्लिनिङ्ग व्यवसाय,

३४. ब्यूटी पार्लर,

३५. आन्तरिक सजावट (इण्टेरियर डेकोरेशन),

३६. सुरक्षा सेवा प्रदान गर्ने व्यवसाय,

३७. प्रकाशन सेवा,

३८. विज्ञापन सेवा,

३९. विज्ञापन सामग्री तयार गर्ने सेवा,

४०. आम सञ्चार सेवा,

४१. टेलिभिजनबाट प्रसारण गर्न बनाइएका कार्यक्रम र डकुमेण्ट्रि टेलीफिल्म उत्पादन तथा प्रसारण,

४२. माटो परीक्षण (स्वाइल टेष्टिङ्ग) सेवा,

४३. पानी प्रशोधन, ढुवानी तथा वितरण सेवा,

४४. स्वास्थ्य (हेल्थ) क्लव,

४५. प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (बायोटेक) सम्बन्धी बगैंचा (पार्क) सञ्चालन

४६. व्यवसाय सम्वर्ढन सेवा (बिजिनेस इन्क्यूवेसन सर्भिस),

४७. व्यापारिक परिसर (ट्रेडिङ्ग बिजिनेस कम्प्लेक्स) सञ्चालन,

४८. वैदेशिक रोजगार सेवा,

४९. सिनेमा हल (मल्टिप्लेक्स समेत),

५०. थिएटर (मल्टिप्लेक्स समेत),

५१. सिलाइ बुनाइ (बुटिक समेत),

५२. विद्युत सर्वेक्षण,

५३. खनिज अध्ययन तथा अनुसन्धान,

५४. अनुसन्धान तथा विकास सेवा,

५५. सरसफाइ सेवा,

1५६. ……………………….

५७. 1………., विद्युतीय माध्यम (अनलाइल वा सफ्टवेयर वा एप्स वा यस्तै अन्य प्रकारको माध्यम) को प्रयोग गरी सर्वसाधारणलाई सेवा उपलब्ध गराउने उद्योग व्यवसाय,

५८. मेशिनरी उपकरण भाडामा उपलब्ध गराउने (लिजिङ्ग) सेवा,

५९. प्रशोधन वा प्रक्रिया नगण्य रुपमा हुने कट टु लेन्थ सिट, फोटो फिल्म स्लिटिङ्ग, फोटो, पेपर स्लिटिङ्ग, टिस्यु पेपर स्लिटिङ्ग, वल वियरिङ्ग एसेम्बली तथा वल्क रुपमा तयारी सामान आयात गरी रिप्याकिङ्ग गर्ने जस्ता सेवा व्यवसायहरु,

६०. कपडा तथा यार्न डाइङ्ग, यार्न साइजिङ र कपडामा प्रिण्टिङ्ग गर्ने व्यवसाय (कपडा बुन्ने उद्योगले आफ्नै प्रयोजनको लागि गरेकोमा बाहेक),

६१. व्यवसायिक रुपमा गरिने पशु चिकित्शा सेवा,

६२. सर्भिस अपार्टमेण्ट,

६३. फुड कोर्ट, क्याटरिङ्ग, 1…………….

६४. उपकरण मर्मत तथा जडान, रेडी मिक्स कंक्रिट, निर्यात गृह, प्रविधि तथा आविष्कार केन्द्र, सुविधायुक्त कार्यालयस्थल प्रदान गर्ने सेवा,

2६५. लगानी (इनभेष्टमेन्ट) कम्पनी।

1 मिति २०७७।१२। ०९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा झिकिएको ।

2 मिति २०७७।०४। १९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्धारा थपिएको ।

Share this Law

अनुसूची-८

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.