अनुसूची-२

Estimated reading: 1 minute 440 views

(दफा १७ को उपदफा (१) को खण्ड (ख) सँग सम्बन्धित)

घरेलु उद्योग

१. हात वा खुट्टाले चलाउने र अर्धस्वचालित तान (ह्याण्ड लूम, पेडल लूम, सेमी-अटोमेटिक लूम), कपडा बेर्ने (त्यापिङ्ग), परम्परागत प्रविधिबाट गरिने रङ्गाइ, छपाइ, सिलाइ (तयारी पोशाक बाहेक) र बुनाइ,

२. ऊन र रेशममा आधारित हाते बुनाइका राडी, पाखी, गलैंचा, पश्मिना, पोशाक, हातेकागज र सोमा आधारित वस्तु,

३. परम्परागत कलामा आधारित वस्तु,

४. परम्परागत मूर्तिकला,

५. तामा, पित्तल, ढलौट, काँस र जर्मनसिल्भर जस्ता धातुबाट हस्तनिर्मित भाँडा वर्तन तथा हस्तकलाका सामान,

६. फलामबाट बनेका हस्तनिर्मित भाँडा वर्तन तथा घरायसी प्रयोगका चक्कु, चुलेसी, खुकुरी, हँसिया, कुटो, कोदालो जस्ता परम्परागत औजारहरु,

७. सुन वा चाँदीबाट हस्तनिर्मित गरगहना, वस्तु, भाँडा वर्तनहरू (बहुमूल्य, अर्ध-बहुमूल्य तथा साधारण पत्थर जडान भएका समेत),

८. स्वदेशमा उपलब्ध किमति, अर्ध किमति तथा साधारण पत्थर कटाई उद्योग, ग्रामीण ट्यानिङ्ग/छालाबाट हस्त निर्मित वस्तुहरु,

९. जुट, सवाइ घाँस, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित उद्योग,

१०. पत्थरकला (ढुङ्गा कँदेर बनाइएका सामानहरु),

११. पौभा, थाङ्का चित्र र अन्य परम्परागत चित्रकला,

१२. मुकुण्डो (मास्क) तथा परम्परागत संस्कृति दर्शाउने पुतली र खेलौना,

१३. परम्परागत संस्कृति, बाजागाजा र कला दर्शाउने विभिन्न प्रकारका हस्तकलाका वस्तु,

१४. काठ, हाड तथा सिङ, माटो, चट्टान र खनिजका कलात्मक वस्तुहरु, सेरामिक्स तथा माटाका भाँडाकुँडा,

१५. हातले छाप्ने इँटा उद्योग।

Share this Law

अनुसूची-२

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.