परिच्छेद-६ साहूको दाबी तथा भुक्तानी विधि

दफा ४८ः साहूले दाबी पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 76 views

१) दामासाहीमा परेको कम्पनीको साहले पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले तोकेको म्यादभित्र तोकिएको ढाँचामा त्यस्तो कम्पनीले भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानीयोग्य ऋणको दाबी पेश गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिमको दाबी पेश गर्दा साहूले त्यस्तो दाबीलाई पुष्टी गर्ने कुनै सबुत प्रमाण पुनर्संरचना व्यवस्थापक वा लिक्विडेरले माग गरेमा सो समेत पेश गर्नु पर्नेछ।

३) उपदफा (२) बमोजिम पेश भएको दाबीलाई पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले जाँचबुझ गरी पुरा वा आंशिकरुपमा स्वीकार वा इन्कार गर्न सक्नेछ।

४) उपदफा (३) बमोजिम पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले ऋणको दाबी पूरै वा आंशिकरुपमा इन्कार गरेमा सोको कारणसहितको लिखित जानकारी दाबी पेश गर्ने साहलाई सात दिनभित्र दिनु पर्नेछ।

५) उपदफा (४) बमोजिम प्राप्त गरेको जानकारीमा चित्त नबुझ्ने साहले पन्ध्र दिनभित्र उच्च अदालतमा पुनरावलोकनको लागि निवेदन गर्न सक्नेछ।

६) प्रचलित कानुन बमोजिम कम्पनीलाई ऋण दिने विदेशी साहूले पनि कम्पनी उपर ऋण दाबी भए यस दफा बमोजिम दाबी पेश गर्न सक्नेछ।

Share this Law

दफा ४८ः साहूले दाबी पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.