दफा ८८कः फरफारखको कार्य गर्न सक्ने बैङ्कको अधिकार

Estimated reading: 1 minute 256 views

१) बैङ्कले देहायको कुनै अवस्थामा कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई आफ्नो नियन्त्रणमा लिई फरफारखको कार्य अगाडि बढाउन सक्नेछः-

(क) पूर्ण वा आंशिक रुपमा आफ्नो दायित्व भुक्तानी गर्न नसकेमा,

(ख) सुपरिवेक्षकीय विश्लेषणका आधारमा सो विश्लेषण सम्बन्धी कार्य समाप्त भएको मितिले नब्बे दिनभित्र भुक्तानी गर्नुपर्ने दायित्वहरु पुरा गर्न नसक्ने अवस्था भएमा,

(ग) खुद सम्पत्ति भन्दा दायित्व बढी भएमा,

(घ) बैङ्कले तोकेका सबै प्रकारका पूँजी तथा कोषहरुले समेत खाम्न नसक्ने गरी घाटामा गएमा,

(ङ) बैङ्कले दफा ८६छ. बमोजिम फरफारखको प्रक्रियामा लैजाने निर्णय गरेमा।

२) कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्था उपर रहेको निक्षेपकर्ता तथा सुरक्षित साहुको दाबीलाई फरफारख गर्ने गराउने अधिकार बैङ्कलाई मात्र हुनेछ।

३) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारख सम्बन्धी कार्य गर्दा लागेको सम्पूर्ण खर्च सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति बिक्री गरी प्राप्त रकमबाट व्यहोरिने छ।

Share this Law

दफा ८८कः फरफारखको कार्य गर्न सक्ने बैङ्कको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.