परिच्छेद ६ मौद्रिक एकाई, बैङ्क नोट र सिक्का

दफा ६०: जारी गरिएको मुद्रा खिच्ने वा फिर्ता लिने

Estimated reading: 0 minutes 56 views

१) बैङ्कले नेपालभित्र चलनचल्तीमा रहेका बैङ्क नोट तथा सिक्का सोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्नेछ। त्यसरी खिच्ने वा फिर्ता लिने बैङ्क नोट तथा सिक्का कति दिनभित्र बैङ्कको कुन कार्यालयमा सट्टाभर्नाका लागि पेश गर्ने भन्ने व्यहोरा स्पष्टरुपमा किटान गरी बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गर्नेछ।

२) दफा ५३ मा जुनसुकै कुरा उल्लेख गरिएको भए तापनि उपदफा (१) बमोजिम तोकिएको समय समाप्त भएपछि सट्टाभर्ना गर्नुपर्ने बैङ्क नोट तथा सिक्का कानूनी ग्राह्य हुने छैन।

३) बैङ्कले उपदफा (१) बमोजिम चलनचल्तीबाट खिचेका बैङ्क नोट तथा सिक्का तथा त्रुटियुक्त मुद्रा तोकिए बमोजिम धुल्याउन, काट्न, फुटाउन वा अन्य कुनै पनि किसिमले नष्ट गर्न सक्नेछ।

Share this Law

दफा ६०: जारी गरिएको मुद्रा खिच्ने वा फिर्ता लिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.