दफा ५१ः सन्दर्भ व्याजदर तोक्न सक्ने

Estimated reading: 1 minute 345 views

१) रजिष्ट्रारले देहाय बमोजिमको समितिको सिफारिसमा सहकारी संस्थाको प्रयोजनका लागि बचत तथा त्रहणको सन्दर्भ व्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) र दफा ४१ को उपदफा (४) को कारोबारको अधिकतम सीमा तोक्न सक्नेछ:

(क) रजिष्ट्रार संयोजक
(ख) प्रतिनिधि, मन्त्रालय सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय सदस्य
(घ) प्रतिनिधि, नेपाल राष्ट्र बैङ्क सदस्य
(ङ) प्रतिनिधि, राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य
(च) राष्ट्रिय सहकारी महासङ्घको अध्यक्ष वा निजले तोकेको सञ्चालक प्रतिनिधि सदस्य
(छ) प्रतिनिधि, राष्ट्रिय सहकारी बैङ्क सदस्य
(ज) महासङ्घको अध्यक्ष वा निजले तोकेको सञ्चालक एक र महासङ्घले तोकेको केन्द्रीय विषयगत सङ्घहरूबाट दुई जना सदस्य
(झ) उप-रजिष्ट्रार, सहकारी विभाग सदस्य-सचिव

२) उपदफा (१) बमोजिम तोकिएको सन्दर्भ व्याजदर सहकारी संस्थाका लागि निर्देशक व्याजदरको रूपमा रहनेछ।

३) सन्दर्भ व्याजदर निर्धारणका आधार र प्रक्रिया तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ५१ः सन्दर्भ व्याजदर तोक्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.