दफा ३९ः रुग्ण उद्योगको पहिचान

Estimated reading: 0 minutes 246 views

१) उद्योगले आफ्ना व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको मितिदेखि न्यूनतम पाँच वर्षसम्म सञ्चालनमा रही उद्योगको आफ्नै नियतवश वा व्यवस्थापकीय कमजोरीका कारणले नभई काबुबाहिरको परिस्थिति परी लगातार पछिल्ला तीन वर्षसम्म उद्योगको जडित क्षमताभन्दा तीस प्रतिशत वा सोभन्दा कम क्षमतामा सञ्चालन भई सो तीन वर्षको अवधिमा लगातार घाटामा सञ्चालनमा रहेको उद्योगलाई तोकिए बमोजिमको मापदण्डका आधारमा तोकिए बमोजिमको कार्यविधि अपनाई नेपाल सरकारले रुग्ण उद्योगको रुपमा घोषणा गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम रुग्ण भई बन्द अवस्थामा रहेको उद्योगलाई सो उद्योगले पेश गरेको स्कीम वा परियोजना प्रस्ताव तथा मन्त्रालयबाट भएको अध्ययनबाट निश्चित छुट, सुविधा वा सहुलियत उपलब्ध गराउँदा पुनः सञ्चालनमा आउन सक्ने देखिएमा नेपाल सरकारले त्यस्तो उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन गर्न निश्चित अवधिका लागि तोकिए बमोजिमको छुट, सुविधा वा सहुलियत उपलब्ध गराउन सक्नेछ।

३) उपदफा (१) बमोजिम नेपाल सरकारबाट रुग्ण घोषित भएको उद्योगको सञ्चालनको लागि लगानीकर्ताको सहमतिमा कुनै सहकारी संस्थाले सञ्चालनको प्रस्ताव गरेमा त्यस्तो सहकारी संस्थाको क्षमता उपयुक्तता र सम्भाव्यता समेत हेरी तोकिएको शर्तहरुको अधीनमा रही त्यस्तो सहकारी संस्थामार्फत उद्योग सञ्चालन गराउन सकिनेछ।

Share this Law

दफा ३९ः रुग्ण उद्योगको पहिचान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.