परिच्छेद-२ उद्योग दर्ता तथा नियमन सम्बन्धी व्यवस्था

दफा ९ः उद्योग सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको जानकारी दिनु पर्ने

Estimated reading: 0 minutes 8 views

१) यस ऐन बमोजिम दर्ता भएको उद्योगले उद्योग दर्ता प्रमाणपत्रमा उल्लिखित अवधिभित्र उद्योग सञ्चालन, आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पर्नेछ र सोको जानकारी तीस दिनभित्र उद्योग दर्ता गर्ने निकायलाई गराउनु पर्नेछ।

२) कुनै उद्योगले उपदफा (१) बमोजिम उद्योग सञ्चालन वा आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न नसकेमा सोको कारण खुलाई उद्योग दर्ता प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगावै त्यस्तो अवधि थपको लागि उद्योग दर्ता गर्ने निकाय समक्ष तोकिए बमोजिम निबेदन दिन सक्नेछ।

३) उपदफा (२) बमोजिमको अवधिभित्र निवेदन दिन नसकेमा सोको आधार र कारण खुलाई उद्योग दर्ता प्रमाणपत्रमा उल्लिखित अवधिभित्र वा सो अवधि समाप्त भएको मितिले छ महिनाभित्र उक्त अवधि बढाउनका लागि तोकिए बमोजिमको विलम्ब शुल्क बुझाई उद्योग दर्ता गर्ने निकाय समक्ष निवेदन दिन सक्नेछ ।

४) उपदफा (२) वा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा उद्योग स्थापनाको लागि गर्नु पर्ने निर्माण कार्य लगायतका कामको प्रगति र उद्योगको प्रकृति हेरी उद्योग दर्ता गर्ने निकायले त्यस्तो उद्योगको सञ्चालन वा व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने अवधि तोकिए बमोजिम थप गर्न सक्नेछ।

तर कुनै उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने अवधि तीन पटकभन्दा बढी थप गर्नु परेमा विभागले राय सहित बोर्डमा स्वीकृतिका लागि पेश गर्नु पर्नेछ।

५) उपदफा (४) बमोजिम अवधि थपिएकोमा सम्बन्धित उद्योगले सो अवधिभित्र उद्योगको सञ्चालन, आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पर्नेछ।

६) उपदफा (४) वमोजिम कुनै उद्योगको सञ्चालन वा व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने अवधि थप हुन नसकेकोमा त्यस्तो निर्णय भएको सात कार्य दिनभित्र सोको लिखित जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।

७) उपदफा (४) बमोजिम कुनै उद्योगको सञ्चालन वा व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने अवधि थप हुन नसकेमा त्यस्तो उद्योगलाई दिइएको दर्ता अनुमति स्वतः निष्क्रिय भएको मानिनेछ।

Share this Law

दफा ९ः उद्योग सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.