दफा ३ः उद्योग दर्ता गराउनु पर्ने

Estimated reading: 0 minutes 159 views

१) कसैले यस ऐन बमोजिम उद्योग दर्ता नगराई उद्योगको स्थापना वा सञ्चालन गर्न वा गराउन हुँदैन।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानून बमोजिम दर्ता भई सञ्चालनमा रहेका उद्योगले यस ऐन बमोजिम पुनः उद्योग दर्ता गराउनु पर्ने छैन।

३) यो ऐन प्रारम्भ हुनुअघि शाखा उद्योगको रुपमा स्थापना भएका उद्योगले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी छुट्टै उद्योगको रुपमा दर्ता गराउनु पर्नेछ।

४) कुनै उद्योगले आफ्नो उत्पादन वा त्यसको कुनै भाग साविकमा उद्योग रहेको स्थानभन्दा फरक स्थानबाट उत्पादन गर्न चाहेमा वा उपदफा (३) बमोजिमको म्यादभित्र छुट्टै उद्योगको रुपमा दर्ता हुन नचाहने उद्योगले त्यस्तो शाखा उद्योगलाई इकाइ उद्योगको रुपमा स्थापना गरी सञ्चालन गर्न सक्नेछ|

५) उपदफा (४) बमोजिम इकाइको स्थापना गर्दा यस ऐन बमोजिम दर्ता बाहेक नयाँ उद्योग स्थापना गरे सरहको प्रक्रिया पूरा गर्नु पर्नेछ।

६) उपदफा (४) बमोजिमको इकाइबाट हुने उत्पादन तथा कारोबारको अभिलेख सम्बन्धित इकाइले तयार गरी राख्नु पर्नेछ र त्यस्तो अभिलेख उद्योगको मुख्य कार्यालयमा समेत पठाउनु पर्नेछ।

Share this Law

दफा ३ः उद्योग दर्ता गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.