परिच्छेद-८ दामासाही सम्बन्धी व्यवसाय र सोको नियमन तथा प्रशासन

दफा ६५ः दामासाही प्रशासन कार्यालय स्थापना हुने

Estimated reading: 0 minutes 42 views

१) यो ऐन प्रारम्भ भएपछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दामासाही प्रशासन कार्यालय स्थापना गर्नेछ। यसरी कार्यालयको स्थापना नभएसम्म नेपाल सरकारले आफ्नो कुनै कार्यालयलाई दामासाही प्रशासन कार्यालयको काम गर्ने गरी तोक्न सक्नेछ।

२) उपदफा (१) बमोजिम स्थापना भएको कार्यालयले देहायको कार्य गर्नेछ;

(क) दामासाही सम्बन्धी व्यवसायको प्रशासन गर्ने,

(ख) दामासाही सम्बन्धी व्यवसायीको दर्ता गर्ने, इजाजतपत्र दिने तथा सोको नवीकरण गर्ने,

(ग) दामासाहीमा परेको कम्पनीको व्यवस्थापनको सामान्य सुपरिवेक्षण गर्ने,

(घ) दामासाही सम्बन्धी व्यवसायीहरूले पालना गर्ने पदीय आचरणको अनुसन्धान गर्ने,

(ङ) दामासाहीमा परेका प्रत्येक कम्पनीको अभिलेख खडा गर्ने,र

(च) तोकिए बमोजिमको अन्य काम गर्ने।

Share this Law

दफा ६५ः दामासाही प्रशासन कार्यालय स्थापना हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.