परिच्छेद-८ दामासाही सम्बन्धी व्यवसाय र सोको नियमन तथा प्रशासन

दफा ६४ः इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने

Estimated reading: 0 minutes 59 views

१) दफा ६३ को उपदफा (१) बमोजिमको इजाजतपत्र प्राप्त गर्न चाहने व्यक्तिले कार्यालयमा तोकिएको ढाँचामा तोकिएको दस्तुर सहित निवेदन दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले देहायको शर्तहरु पुरा गरेको हुनु पर्नेछ;

(क) पैंतीस वर्ष उमेर पुरा भएको,

(ख) तोकिएको पेशागत संस्थाको सदस्य भएको,

(ग) वाणिज्य कानुन, व्यापारशास्त्र, व्यवस्थापन वा लेखा वा तोकिए बमोजिमको अन्य विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोपाधि प्राप्त गरेको,

(घ) नेपाल राज्यमा बसोबास गरेको,

(ङ) यस ऐन बमोजिम दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न सक्षम भएको ।

३) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा कार्यालयले दामासाही व्यवसाय सञ्चालन गर्न इजाजत दिन उपयुक्त ठहर्‍याएमा तोकिएको ढाँचामा इजाजतपत्र जारी गर्नेछ ।

४) उपदफा (३) बमोजिम जारी भएको इजाजतपत्र तोकिए बमोजिम नवीकरण गर्नु पर्नेछ।

Share this Law

दफा ६४ः इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.