दफा ३९ः कम्पनीको खारेजीलाई पुनर्संरचना कार्यक्रममा परिणत गर्न सकिने

Estimated reading: 0 minutes 326 views

१) कम्पनीको व्यवसाय तथा जायजेथा, कम्पनीले उत्पादन गर्ने सेवा वा वस्तुको प्रकृति तथा त्यसको बजार सम्भाव्यताको अध्ययन तथा जाँचबुझ गर्दा कम्पनीको पुनर्संरचना कार्यक्रम साहूको सभाबाट पारित भई स्वीकृत हुन सक्ने लिक्विडेटरलाई लागेमा कारणसहित निश्चित समयावधिको लागि यस ऐन बमोजिम अदालतले जारी गरेको कम्पनी खारेजी सम्बन्धी आदेश मुलतबी राखी यस ऐन बमोजिम पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने आदेश माग गरी अदालतमा निजले निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त हुन आएका निवेदनको व्यहोराबाट अदालत सन्तुष्ट भएमा कुनै खास समयको लागि पहिले जारी गरेको कम्पनी खारेजीको आदेश निलम्बन गरी पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्न आदेश दिनेछ।

३) उपदफा (२) बमोजिम आदेश भएकोमा यस ऐन बमोजिम सो आदेश कार्यान्वयन गर्नु पर्नेछ।

Share this Law

दफा ३९ः कम्पनीको खारेजीलाई पुनर्संरचना कार्यक्रममा परिणत गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.