दफा ३१ः पुनर्संरचना व्यवस्थापकले कम्पनी सञ्चालन गर्ने

Estimated reading: 0 minutes 359 views

१) पुनर्संरचना अवधि कायम रहेको अवधिभर पुनर्संरचना व्यवस्थापकले कम्पनी सञ्चालन गर्नेछ।

२) उपदफा (१) बमोजिम कम्पनी सञ्चालन गर्दा निजले देहायका अधिकार प्रयोग गर्न सक्नेछ ;

(क) कम्पनीको व्यवसाय, सम्पत्ति तथा कारोबारको व्यवस्थापन र नियन्त्रण,

(ख) कम्पनीको कुनै व्यवसाय वा सम्पत्तिको अन्त्य वा बेचबिखन,

1तर पचास प्रतिशत वा सोभन्दा बढी सम्पत्तिको अन्त्य वा बेचबिखन गर्नु परेमा साहूहरूको सभा वा समूहबाट निर्णय गराउनु पर्नेछ।

(ग) कम्पनी वा कम्पनीका पदाधिकारीले गर्न सक्ने कुनै काम वा प्रयोग गर्न पाउने अधिकारको प्रयोग ।

३) उपदफा (२) बमोजिमको अधिकार प्रयोग गर्दा पुनर्संरचना व्यवस्थापकलाई कम्पनीको सम्पूर्ण खाता, बही, श्रेस्ता, अभिलेख र कागजात हेर्न पाउने अधिकार हुनेछ।

४) पुनर्संरचना व्यवस्थापकले यस दफा को काम गर्दा वा अधिकार प्रयोग गर्दा कम्पनीको प्रतिनिधि (एजेण्ट) को हैसियतमा काम गर्नेछ।

५) पुनर्संरचना व्यवस्थापकले मागेमा कम्पनीका सञ्चालक तथा अन्य पदाधिकारीले कम्पनीको व्यवस्थापन तथा नियन्त्रणको लागि आवश्यक पर्ने जुनसुकै प्रकारको सहयोग उपलब्ध गराउनु पर्नेछ।

६) कम्पनीका सञ्चालक तथा पदाधिकारीले पुनर्संरचना व्यवस्थापकको लिखित निर्देशन बिना कम्पनीको सञ्चालक वा पदाधिकारीको हैसियतले कम्पनीको कुनै पनि अधिकार प्रयोग गर्न वा काम गर्न पाउने छैन।

७) कम्पनीका सञ्चालकले पुनर्संरचना व्यवस्थापकले मागे बमोजिम कम्पनी तथा कम्पनीको व्यवसाय, सम्पत्ति तथा कारोबार सम्बन्धी जानकारी निजलाई दिनु पर्नेछ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा ३१ः पुनर्संरचना व्यवस्थापकले कम्पनी सञ्चालन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.