दफा २५ः पुनर्संरचना व्यवस्थापकले प्रतिवेदन पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 346 views

१) पुनर्संरचना व्यवस्थापकले पुनर्संरचना अवधिभित्र कम्पनीको कारोबार, जायजेथा तथा वित्तीय स्थिति र पुनर्संरचना कार्यक्रम प्रस्ताव गरेको भए सोको विवरण सहितको प्रतिवेदन अदालतमा पेश गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा पुनर्संरचना कार्यक्रम प्रस्ताव गरिएको भए त्यस्तो कार्यक्रमका सम्बन्धमा देहायका कुराहरू उल्लेख हुनु पर्नेछ;

(क) प्रस्तावित कार्यक्रमको संक्षिप्त विवरण तथा विश्लेषण,

(ख) प्रस्तावित कार्यक्रम कार्यान्वयन भएमा कम्पनीका साहूहरूलाई पर्न सक्ने असरको विवरण,

(ग) कम्पनी तत्काल खारेज गरिएको भए सो बापत पाउन सक्ने र पुनर्संरचना कार्यक्रम कार्यान्वयन हुँदा साहूहरूले पाउन सक्ने प्रतिफल र असरको तुलनात्मक विवरण, र

(घ) पुनर्संरचना कार्यक्रम कार्यान्वयन भएमा कम्पनी दामासाहीमा नपर्ने पुनर्संरचना व्यवस्थापकको ठहर सहितको राय विवरण ।

३) देहायमा लेखिएको बाहेक उपदफा (१) बमोजिम तयार गरिएको पुनर्संरचना कार्यक्रम प्रस्तावको कुनै औपचारिक स्वरूप र ढाँचा हुने छैन;

(क) कम्पनीले भविष्यमा कार्यान्वयन गर्ने कार्यक्रमको सम्पूर्ण विवरण तथा सान्दर्भिक प्रस्तावको लिखित विवरण,

(ख) कार्यक्रम कार्यान्वयन भएमा कम्पनीलाई तत्काल खारेज नगरी पुनर्संरचना गर्दा कम्पनीका साहूलाई बढी लाभ पुग्न सक्ने कुराको विवरण,

(ग) प्रस्तावित कार्यक्रमको कुनै पनि अंश गैर कानुनी नभएको वा प्रचलित कानुनले निषेध नगरेको विवरण,

(घ) कार्यक्रम कार्यान्वयन भएमा कम्पनी दामासाहीमा परेको अवस्थाबाट अलग हुने वा दामासाहीमा नपर्ने कुराको विवरण ।

४) यस दफा बमोजिम तयार गरिएको कार्यक्रममा दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ अवधि वा पुनर्संरचनाको अवधिभित्र भएका खर्चको भुक्तानी तथा जाँचबुझ अधिकारी वा पुनर्संरचना व्यवस्थापकको

पारिश्रमिकको विवरण समेत समावेश गरेको हुनु पर्नेछ।

Share this Law

दफा २५ः पुनर्संरचना व्यवस्थापकले प्रतिवेदन पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.