दफा ६ः ऋण चुक्ता गर्न जारी गरेको सूचना निष्क्रिय गर्न निवेदन गर्न सकिने

Estimated reading: 0 minutes 370 views

१) दफा ५ बमोजिम प्राप्त भएको सूचना मनासिब नभएमा वा अन्य कुनै कारणबाट तत्काल ऋण चुक्ता गर्नु नपर्ने भएमा सो सूचना पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित कम्पनीले सो सूचना निष्क्रिय गराउन अदालतमा निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा दफा ५ बमोजिमको सूचना दिने साहूलाई सात दिनभित्र अदालतमा उपस्थित हुन अदालतले सूचना जारी गर्नु पर्नेछ र त्यस्तो सूचना जारी गर्दा त्यस्तो निवेदनको प्रतिलिपि समेत संलग्न गरेको हुनु पर्नेछ।

३) उपदफा (२) बमोजिम साहू उपस्थित हुन आएकोमा सो मितिबाट वा उपस्थित हुन नआएमा अदालतमा उपस्थित हुन आउनु पर्ने म्याद भुक्तान भएको मितिले सात दिनभित्र अदालतले दफा ५ बमोजिम जारी भएको सूचना निष्क्रिय गर्ने वा नगर्ने विषयमा निर्णय गर्न सक्नेछ।

४) देहायको अवस्थामा अदालतले दफा ५ बमोजिम जारी गरेको सूचना निष्क्रिय गर्ने आदेश दिन सक्नेछ;

(क) कम्पनीलाई साहूले ऋण प्रवाह गरेको हो वा होइन भन्ने कुरामा स्पष्ट विवाद देखिएमा, वा

(ख) कम्पनीले साहूलाई तिर्न बाँकी रहेको ऋण तत्काल भुक्तानी योग्य नदेखिएमा ।

५) अदालतले उपदफा (४) बमोजिम आदेश दिएकोमा सो उपदफाको अवस्था विद्यमान रहेसम्म सोही विषयमा पुनः कम्पनीलाई ऋण चुक्ता गर्न जारी गरेको सूचना दिन वा दामासाही सम्बन्धी कारबाही गराउन निवेदन दिन सकिने छैन।

६) अदालतले उपदफा (४) बमोजिम आदेश जारी नगरेमा कम्पनीले सो मितिबाट पैंतीस दिनभित्र साहूको ऋण चुक्ता गर्नु पर्नेछ।

Share this Law

दफा ६ः ऋण चुक्ता गर्न जारी गरेको सूचना निष्क्रिय गर्न निवेदन गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.