परिच्छेद-६ख. सम्पत्ति तथा कोष रोक्का सम्बन्धी विशेष व्यवस्था

दफा २९ङ: आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठन सम्बन्धी सूचनाको प्रवाह

Estimated reading: 0 minutes 43 views

१) आतङ्ककारी कार्यमा संलग्न व्यक्ति, समूह वा सङ्गठन वा आमविनासका हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी गर्ने व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदबाट पारित निर्णय बमोजिम सूचीकृत भएका व्यक्ति, समूह वा सङ्गठनको अद्यावधिक सूची परराष्ट्रमन्त्रालयले अविलम्ब आफ्नो वेबसाईटमा राखी सोको जानकारी विद्युतीय माध्यम मार्फत गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।

२) गृह मन्त्रालयले उपदफा (१) बमोजिमको सूचीमा रहेको व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष यस परिच्छेद बमोजिम तत्काल रोक्का राख्ने आदेश जारी गर्नु पर्नेछ ।

३) गृह मन्त्रालयले उपदफा (२) र दफा २९च. बमोजिम जारी गरेको आदेश सहितको सूची अविलम्ब आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।

४) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नियमनकारी निकाय, सम्बन्धित निकाय, वित्तीय जानकारी इकाई, सूचक संस्था, कानुनी व्यक्ति तथा प्राकृतिक व्यक्तिले यस परिच्छेदको प्रयोजनको लागि उपदफा (१) र (३) बमोजिम प्रकाशित सूची नियमित रूपमा वेबसाइट हेरी त्यस्तो सूचीमा उल्लिखित व्यक्ति, समूह वा सङ्गठनको बारेमा अद्यावधिक जानकारी हासिल गर्नु गराउनु पर्नेछ ।

Share this Law

दफा २९ङ: आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठन सम्बन्धी सूचनाको प्रवाह

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.