दफा १७: अनुसन्धानका लागि थुनामा राख्ने

Estimated reading: 0 minutes 379 views

1१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शङ्का गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई थुनामा राख्दा प्रचलित कानून बमोजिम थुनुवा पुर्जी दिनु पर्नेछ ।

1२) कुनै व्यक्तिलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको लागि थुनामा राख्दा बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई त्यस्तो अधिकारीको अनुमति लिई थुनामा राख्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमतिको लागि पेश गर्दा अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ वा थुनामा परेको व्यक्तिलाई लागेको अभियोग, त्यसको कारण तथा आधार, निजको बयान भएको भए बयानको व्यहोरा तथा निजलाई थुनामै राखी अनुसन्धान गर्नु पर्ने कारण स्पष्टरुपमा उल्लेख गर्नु पर्नेछ ।

४) उपदफा (३) बमोजिम थुनामै राखी अनुसन्धान गर्न माग गरिएकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजात हेरी अनुसन्धान सन्तोषजनक रूपमा भए वा नभएको विचार गरी अनुसन्धान सन्तोषजनक रूपमा भइरहेको देखिएमा एकैपटक वा पटक पटक गरी तीस दिनमा नबढ्ने गरी नब्बे दिनसम्म थुनामा राख्न अनुमति दिन सक्नेछ ।

५) उपदफा (२) बमोजिम थुनामा राख्न अनुमति माग गरिएकोमा थुनामा रहेको व्यक्तिले थुनामा रहन नपर्ने कारण र आधार खुलाई मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।

1६) यस दफा बमोजिम अनुसन्धान अधिकृतले कसैलाई पक्राउ गर्नु पर्दा, थुनामा राख्नु पर्दा वा म्याद थप गर्न मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउँदा सो गर्नु अगावै सोको जानकारी विभागको प्रमुखलाई दिनु पर्नेछ ।

तर कुनै व्यक्तिलाई तत्काल पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान अधिकृतले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ गरी सोको जानकारी यथाशीघ्र आफ्नो कार्यालयको प्रमुखलाई दिनु पर्नेछ ।

1दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा १७: अनुसन्धानका लागि थुनामा राख्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.