दफा ३५च: परिपालना सूचीकरण

Estimated reading: 0 minutes 348 views

१) दफा ३५ङ. बमोजिम परिपालना परीक्षकको रूपमा काम गर्न चाहने व्यक्तिले तोकिए बमोजिमको विवरण तथा कागजात संलग्न गरी सूचीकरणको लागि वित्तीय जानकारी इकाईमा निवेदन दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर वित्तीय जानकारी इकाईले आवश्यक जाँचबुझ गरी निवेदन दफा ३५छ. बमोजिम परिपालना परीक्षकको रूपमा काम गर्न योग्य रहेको पाइएमा निवेदकलाई सूचीकृत गरी त्यसको जानकारी दिनु पर्नेछ।

३) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिलाई सूचीकृत गर्न नमिल्ने भएमा त्यसको आधार र कारण खोली निवेदकलाई जानकारी दिनु पर्नेछ।

४) उपदफा (२) बमोजिम परिपालना परीक्षकको रूपमा सूचीकृत भएको व्यक्तिमा दफा ३५छ. बमोजिमको योग्यता कायम नभएमा परिपालना परीक्षकको रूपमा काम गर्न पाउने छैन र त्यस्तो अवस्थामा वित्तीय जानकारी इकाईले निजको नाम सूचीबाट हटाउनेछ।

Share this Law

दफा ३५च: परिपालना सूचीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.