दफा ४ः आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्न नहुने

Estimated reading: 0 minutes 416 views

१) कुनै व्यक्तिले आतङ्ककारी कार्यमा वा आतङ्ककारी व्यक्ति वा 1आतङ्ककारी संगठन वा विदेशी आतङ्ककारी लडाकुले पूर्ण वा आंशिक रूपमा प्रयोग गर्ने वा गर्न सक्ने कुरा थाहा पाउँदा पाउँदै गैरकानुनी मनसायले स्वेच्छापूर्वक कुनै पनि माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा 2त्यस्तो व्यक्ति वा सङ्गठनलाई सम्पत्ति वा कोष उपलब्ध गराउन वा सङ्कलन गर्न हुँदैन।

२) कुनै व्यक्तिले उपदफा (१) मा उल्लिखित कुनै कार्यको 1मतसल्लाह गर्न, सहजीकरण गर्न, दुरुत्साहन दिन, मद्दत गर्न वा उद्योग गर्न हुँदैन।

३) कुनै व्यक्तिले आतङ्ककारी कार्य गर्नको लागि वा आतङ्ककारी व्यक्ति वा 1आतङ्ककारी सङ्गठन वा विदेशी आतङ्ककारी लडाकुलाई  प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि माध्यमबाट भौतिक सहयोग वा साधन स्रोत उपलब्ध गराउन वा सोको षडयन्त्र गर्न हुँदैन।

४) कुनै व्यक्तिले उपदफा (१), (२) वा (३) मा उल्लिखित कुनै कार्यको सम्बन्धमा देहायको कुनै कार्य गर्न हुँदैन;

(क) त्यस्तो कार्य गर्न मतियारको रूपमा काम गर्ने,

(ख) त्यस्तो कार्य गर्न अन्य व्यक्तिलाई सङ्गठित गर्ने वा निर्देशन दिने, वा

(ग) त्यस्तो कार्य गर्ने वा त्यस्तो कार्य गर्ने सामूहिक उद्देश्य राख्ने व्यक्तिहरूको समूहलाई अपराधिक कार्यमा बढावा दिन वा त्यस्तो उद्देश्य हासिल गर्न जानी जानी योगदान दिने ।

५) यस दफामा उल्लिखित कार्यका सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा समेत आतङ्ककारी कार्यमा वित्तीय लगानी हुनेछ;

(क) आतङ्ककारी कार्य नभएमा वा सोको उद्योग नभएमा,

(ख) सम्पत्ति वा कोष कुनै आतङ्ककारी कार्य वा सोको उद्योगमा वास्तविक रूपमा प्रयोग नभएमा,

(ग) सम्पत्ति वा कोष कुनै खास आतङ्ककारी कार्यसँग सम्बन्धित भए वा नभएमा,

2(ग१) आतङ्ककारी कार्यको तयारी गर्न, योजना गर्न, सहभागी हुन, आतङ्ककारी कार्य गर्ने वा गराउने उद्देश्यले तालिम दिन वा लिन एक देश वा स्थानबाट अर्को देश वा स्थानमा जाने व्यक्तिलाई जानीजानी यात्रा वा अन्य त्यस्तै कार्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष खर्चको लागि सम्पत्ति वा कोष उपलब्ध गराइएको भएमा।

(घ) आतङ्ककारी कार्य वा आतङ्ककारी कार्य गर्न खोजिएको कार्य सो कार्य भएको वा गर्न खोजिएको मुलुक वा भूभाग वा अन्यत्र जहाँसुकै भएमा वा हुने भएमा,

(ङ) 1आतङ्ककारी व्यक्ति, आतङ्ककारी सङ्गठन वा विदेशी आतङ्ककारी लडाकु त्यस्तो कार्य गर्ने व्यक्ति रहेको मुलुक वा भूभागमा रहे वा नरहेमा वा अन्यत्र रहेमा, वा

(च) सम्पत्ति वा कोष वैधानिक वा अवैधानिक जुनसुकै स्रोत वा माध्यमबाट सङ्कलन गरिएको वा उपलब्ध गराइएको भएमा ।

६) कुनै व्यक्तिले उपदफा (१), (२), (३), (४) वा (५) मा उल्लिखित कार्य गरेमा त्यस्तो कार्य आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर हुनेछ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

2सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

 

Share this Law

दफा ४ः आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.