दफा ३५ङ: परिपालना प्रतिवेदन पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 355 views

१) बैङ्क तथा वित्तीय संस्था, बीमा, क्यासिनो, धितोपत्रको कारोबार गर्ने संस्था, घर जग्गाको व्यावसायिक कारोबार गर्ने संस्था, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका सूचक संस्थाले यस ऐन बमोजिम सम्पादन गर्नु पर्ने कामको उपयुक्तता र प्रभावकारिता सुनिश्चित गर्न दफा ३५च. बमोजिम सूचीकृत परिपालना परीक्षकबाट प्रत्येक वर्ष देहाय बमोजिमका विषयमा सम्परीक्षण गराई नियमनकारी निकाय समक्ष परिपालना प्रतिवेदन पेश गर्नु पर्नेछ;

(क) आवश्यक नीतिगत, संस्थागत, प्राविधिक र नियन्त्रण संरचना र सोको उपयुक्तता सम्बन्धी,

(ख) संस्थागत कार्यक्षेत्र बमोजिमको जोखिम मूल्याङ्कन, जोखिममा आधारित प्रणालीको स्थापना र त्यसको प्रभावकारिता सम्बन्धी,

(ग) वार्षिक कार्ययोजनाको कार्यान्वयन, प्रतिवेदन प्रणाली र अनुगमन सम्बन्धी,

(घ) जोखिम मूल्याङ्कन, नीतिगत, संस्थागत, प्राविधिक, नियन्त्रण, कार्यान्वयन संरचना र प्रभावकारितामा रहेका कमजोरी पहिचान र सुधार सम्बन्धी,

(ङ) नियमनकारी निकायले क्षेत्रगत रूपमा निर्धारण गरेका अन्य विषय सम्बन्धी।

२) उपदफा (१) बमोजिमको सम्परीक्षण आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र सम्पन्न गरी त्यसको प्रतिवेदन दिनु पर्नेछ।

३) नियमनकारी निकायले उपदफा (२) बमोजिमको प्रतिवेदनमा चित्त नबुझेमा वा कुनै सूचक संस्थाको विस्तृत सम्परीक्षण गर्न आवश्यक देखेमा सम्बन्धित सूचक संस्थाले खर्च व्यहोर्ने गरी जुनसुकै बखत कुनै पनि सूचक संस्थाको सम्परीक्षण गर्न वा गराउन सक्नेछ।

Share this Law

दफा ३५ङ: परिपालना प्रतिवेदन पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.