३५क: वास्तविक धनीको विवरण पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 393 views

१) कसैले शेयर वा अन्य तरिकाले पुँजी लगानी गरी कुनै कम्पनी, सहकारी संस्था, प्राइभेट फर्म, साझेदारी फर्म वा अन्य कुनै प्रकारको कानुनी व्यक्ति संस्थापना गर्दा, दर्ता गर्दा वा इजाजतपत्र लिँदा त्यस्तो कम्पनी, सहकारी संस्था, प्राइभेट फर्म, साझेदारी फर्ममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वा अरू कसैको नाम वा माध्यमबाट एकल, संयुक्त वा समूहगत गरी पन्ध्र प्रतिशत वा सोभन्दा बढी शेयर वा पुँजी लगानी गरेकोमा वा अन्य कुनै तरिकाले सोको वास्तविक धनीको रूपमा रहेको भएमा त्यस्तो वास्तविक धनीको विवरण कानुनी व्यक्ति संस्थापना गर्ने, दर्ता गर्ने वा इजाजतपत्र दिने निकायमा पेश गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिमको विवरण पेश नभएसम्म सम्बन्धित निकायले त्यस्तो कानुनी व्यक्ति दर्ता गर्ने, दर्ता गर्ने वा इजाजतपत्र प्रदान गर्ने कार्य गर्ने छैन।

३) प्रचलित कानुन बमोजिम दर्ता भएको वा इजाजतपत्र प्राप्त उपदफा (१) बमोजिमको कम्पनी, सहकारी संस्था, प्राइभेट फर्म, साझेदारी फर्म वा कुनै प्रकारको शेयर वा अन्य तरिकाबाट लगानी गरी स्थापना भएको कानुनी व्यक्तिले धारक शेयर वा सोसँग सम्बन्धित अन्य वित्तीय उपकरण जारी गर्न पाउने छैन।

तर विदेशी कानुनी व्यक्तिले आफ्नो मुलुकको कानुन बमोजिम धारक वा सोसँग सम्बन्धित अन्य वित्तीय उपकरण जारी गरेमा सोको जानकारी सम्बन्धित दर्ता गर्ने निकायलाई दिनु पर्नेछ। त्यस्तो कानुनी व्यक्तिको नियमनकारी निकाय भएमा सो निकायलाई समेत त्यस्तो जानकारी दिनु पर्नेछ।

४) यस दफा बमोजिमको विवरण नदिने वा वास्तविक धनी सम्बन्धी गलत विवरण नदिएको वा गलत विवरण दिने व्यक्तिको विवरण दिए जतिको पुँजी नियमनकारी निकायले वा त्यस्तो निकाय नभएमा दर्ता गर्ने निकायले जफत गरी सोको वास्तविक धनीलाई दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म जरिबाना गरी सोको जानकारी वित्तीय जानकारी इकाई र अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने सम्बन्धित निकायलाई दिनु पर्नेछ।

५) उपदफा (१) र (२) बमोजिमको विवरण सम्बन्धित कम्पनी, सहकारी संस्था, प्राइभेट फर्म, साझेदारी फर्म वा कुनै प्रकारको शेयर वा अन्य तरिकाबाट लगानी गरी स्थापना हुने कानुनी व्यक्तिले कसैको वास्तविक धनीको हैसियत अन्त्य भएको मितिले पाँच वर्षसम्म नियमित रूपमा अद्यावधिक गरी सरकारी वा सूचक संस्थालाई माग भए बमोजिम उपलब्ध गराउने र अन्यको हकमा तोकिए बमोजिम उपलब्ध हुने गरी राख्नु पर्नेछ।

६) कानुनी व्यक्ति दर्ता गर्ने निकाय र नियमनकारी निकायले त्यस्तो कानुनी व्यक्तिको वास्तविक धनी सम्बन्धी अभिलेख त्यस्तो कानुनी व्यक्ति खारेज भएको मितिले कम्तीमा पाँच वर्षसम्म राख्नु पर्नेछ।

७) यो दफा प्रारम्भ हुँदाका बखत कायम रहेको कम्पनी, सहकारी संस्था, प्राइभेट फर्म, साझेदारी फर्म वा कुनै प्रकारको शेयर लगानी वा अन्य तरिकाले पुँजी लगानी गरी स्थापना भएको कानुनी व्यक्तिले यस दफा बमोजिमको वास्तविक धनीको विवरण यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र त्यस्तो कानुनी व्यक्ति दर्ता गर्ने निकाय वा इजाजतपत्र दिने निकायमा पेश गर्नु पर्नेछ।

Share this Law

३५क: वास्तविक धनीको विवरण पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.