दफा ३५ख: वास्तविक रूपमा नियन्त्रण गर्ने वा आर्थिक लाभ लिनेको विवरण राख्नु पर्ने

Estimated reading: 0 minutes 354 views

१) सञ्चालन गर्ने स्वदेशी वा विदेशी व्यक्तिले त्यस्तो कानुनी प्रबन्ध स्थापना गर्ने, संरक्षण गर्ने, त्यस्तो कानुनी प्रबन्धलाई वास्तविक रूपमा नियन्त्रण गर्ने प्राकृतिक व्यक्ति, त्यस्तो कानुनी प्रबन्धबाट उच्च आर्थिक लाभ लिने व्यक्ति वा वर्ग वा त्यस्तो कानुनी प्रबन्धलाई वित्तीय, लेखा, कर वा लगानी व्यवस्थापन तथा एजेन्सी सम्बन्धी सेवा प्रवाह गर्ने व्यक्तिको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ र त्यस्तो विवरणको एकीकृत लगत सम्बन्धित नियमनकारी निकाय भए सो निकायमा समेत पठाउनु पर्नेछ।

२) उपदफा (१) बमोजिम कानुनी प्रबन्ध सञ्चालन गरेको वा त्यस्तो कानुनी प्रबन्धमा वास्तविक नियन्त्रण गर्ने प्राकृतिक व्यक्तिले सूचक संस्थामा ग्राहक बन्दा सो सम्बन्धी विवरण समेत खुलाउनु पर्नेछ।

३) यस दफा बमोजिमको विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो कानुनी व्यक्तिले सोको जानकारी तत्काल सम्बन्धित नियमनकारी निकायलाई दिनु पर्नेछ।

४) यस दफा बमोजिम विवरण नदिने, गलत विवरण दिने वा सूचक संस्थालाई जानकारी नदिने कानुनी प्रबन्ध वा व्यक्तिलाई नियमनकारी निकायले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।

५) यो दफा प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको कानुनी प्रबन्धले यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र यस दफा बमोजिमको विवरण नियमनकारी निकायमा पेश गर्नु पर्नेछ।

६) उपदफा (१) बमोजिमको अभिलेख त्यस्तो व्यक्ति कानुनी प्रबन्धको संलग्नताबाट अलग भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ।

Share this Law

दफा ३५ख: वास्तविक रूपमा नियन्त्रण गर्ने वा आर्थिक लाभ लिनेको विवरण राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.