परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा १४: प्रारम्भिक जाँचबुझ गर्ने

Estimated reading: 0 minutes 45 views

१) दफा १३ बमोजिम उजुरी वा दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट विश्लेषणको निष्कर्ष सहितको जानकारी प्राप्त भएमा विभागको प्रमुखले त्यस्तो उजुरी वा सूचनाका सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्नु वा गराउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम प्रारम्भिक जाँचबुझ गराउन 1उजुरी परेको कार्यालयको प्रमुखले त्यस्तो उजुरी वा जानकारीको प्रकृति हेरी उपयुक्त समय दिई मातहतको कुनै अधिकृतलाई खटाउन सक्नेछ ।

३) प्रारम्भिक जाँचबुझ गर्दा जाँचबुझ अधिकृतले यस ऐन अन्तर्गत अनुसन्धान अधिकृतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्नेछ ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

Share this Law

दफा १४: प्रारम्भिक जाँचबुझ गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.