परिच्छेद–५ विभागको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था

दफा १२: अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान गर्न सक्ने

Estimated reading: 0 minutes 42 views

(१) कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायले माग गरेमा वा विभाग आफैँले आवश्यक ठानेमा पारस्पारिकताका आधारमा विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको सम्बन्धमा गरेको अनुसन्धान सम्बन्धी सूचना आदान प्रदान गर्न सक्नेछ ।

(२) विभागले आवश्यक ठानेमा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग मिलेर सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको संयुक्त रूपमा अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सहयोग आदान प्रदान गर्ने विधि, शर्त तथा प्रकृया निर्धारण गर्न समान प्रकृतिका काम गर्ने विदेशी निकायसँग आवश्यकता अनुसार आपसी समझदारी कायम गर्न सक्नेछ ।

(४) उपदफा (१) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा २६ बमोजिमको गोप्यता भङ्ग गर्न नहुने सम्बन्धी व्यवस्था समान रूपले लागू हुनेछ ।

(५) अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १२: अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.