१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न नेपाल सरकारले एक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना गर्नेछ ।

२) विभागको प्रमुखको रूपमा निजामती सेवाको कम्तीमा प्रथम श्रेणीको अधिकृत रहनेछ।

३) विभागको सङ्गठनात्मक स्वरूप र विभागलाई आवश्यक पर्ने कर्मचारीको दरबन्दी नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

४) नेपाल सरकारले विभागलाई आवश्यक पर्ने विशेषज्ञ कर्मचारी सम्बन्धित निकाय तथा सार्वजनिक संस्थाबाट माग गरी उपलब्ध गराइ दिन सक्नेछ ।

Share this Law

दफा ११: विभागको स्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.