परिच्छेद–५ धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

दफा ६६ः धितोपत्र व्यवसायीको अधिकार

Estimated reading: 0 minutes 143 views

१) धितोपत्र व्यवसायीलाई सुनुवाइको उचित मौका नदिई निजले प्राप्त गरेको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गरिने छैन ।

२) धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्दा त्यसको लिखित सूचना सम्बन्धित धितोपत्र व्यवसायीलाई दिनु पर्नेछ र त्यस्तो सूचनामा त्यसरी निलम्बन वा खारेज गर्नु पर्ने कारण, निलम्बन वा खारेजी लागू हुने मिति र निलम्बन भएकोमा निलम्बनको अवधि उल्लेख गर्नु पर्नेछ ।

३) धितोपत्र व्यवसायीको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने गरी गरेको निर्णयमा चित्त नबुझ्ने धितोपत्र व्यवसायीले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

Share this Law

दफा ६६ः धितोपत्र व्यवसायीको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.