दफा ३३ः विवरणपत्रमा लेखिएको कुराको जवाफदेही

Estimated reading: 0 minutes 398 views

१) बोर्डमा धितोपत्र दर्ता गराई निष्काशन अनुमति प्राप्त गर्ने प्रयोजनको लागि बोर्ड समक्ष पेश गरिएको विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारी सम्बन्धी कागजातहरूको सत्यता प्रति सम्बन्धित संगठित संस्था र सो विवरणपत्रमा सहीछाप गर्ने सञ्चालक तथा त्यस्तो विवरणपत्र तयार गर्ने विशेषज्ञले व्यक्तिगत वा सामूहिकरुपमा जवाफदेही वहन गर्नु पर्नेछ ।

२) कुनै व्यक्तिले विवरणपत्रमा लेखिएका कुराहरूमा विश्वास गरी धितोपत्र खरिद गरिसकेपछि विवरणपत्रमा लेखिएका कुराहरू बदनियत साथ वा जानीजानी झुट्टो वा गलत उल्लेख गरिएको कारणबाट लगानीकर्तालाई कुनै हानि नोक्सानी भएमा उपदफा (१) बमोजिमको संस्था, सञ्चालक वा विवरणपत्र तयार गर्ने विशेषज्ञहरुले त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।

तर विवरणपत्रमा लेखिएका कुरा बदनियत साथ वा जानीजानी निर्णय गर्नु भन्दा अगावै राजीनामा दिने वा विवरणपत्र झुट्टो भएको कुरा थाहा थिएन भनी प्रमाणित गर्ने सञ्चालकले त्यस्तो क्षतिपूर्ति व्यहोर्नु पर्ने छैन ।

३) संगठित संस्थाले बोर्डमा पेश गरेको विवरणपत्र, सूचना, जानकारी वा विवरण झुट्टा भएको कारण कुनै लगानीकर्तालाई हानि नोक्सानी परेमा क्षतिपूर्ति भराई माग्न लगानी गरेको एक वर्षभित्रमा आफूलाई थाहा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा उजुर गर्न सक्नेछ ।

Share this Law

दफा ३३ः विवरणपत्रमा लेखिएको कुराको जवाफदेही

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.