दफा २९ः धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने

Estimated reading: 0 minutes 418 views

१) संगठित संस्थाले एक पटकमा पचास जनाभन्दा बढी व्यक्तिहरूलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम निष्काशन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि तोकिए बमोजिम हुनेछ ।

३) सार्वजनिक निष्काशन हुने धितोपत्रको मूल्य तथा बाँडफाँट सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

४) एक पटक सार्वजनिक निष्काशन गरिसकेको धितोपत्र बिक्री नभई एक वर्षभित्र पुनः निष्काशन गर्नु परेमा त्यसरी धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले पहिले प्रकाशित विवरणपत्रमा उल्लेख भएका कुरा भन्दा फरक भएका कुराहरू बोर्डको स्वीकृति लिई त्यस्तो फरक भएका कुरा र पहिले प्रकाशित भएको विवरणपत्र राखी धितोपत्र निष्काशन गर्न सक्नेछ ।

Share this Law

दफा २९ः धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.