दफा ६१ः धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरण

Estimated reading: 0 minutes 416 views

१) यस ऐनबमोजिम धितोपत्र व्यवसाय गर्न धितोपत्र व्यवसायीलाई दिइएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ ।

२) धितोपत्र व्यवसायीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डलाई बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।

४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।

Share this Law

दफा ६१ः धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.