दफा ३८ः धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिने

Estimated reading: 0 minutes 422 views

१) दफा ३७ बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी देहायका कुरामा बोर्ड सन्तुष्ट भएमा निवेदक संगठित संस्थालाई तोकिए बमोजिमको ढाँचामा धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिन सक्नेछ ः–

(क) धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिंदा लगानीकर्ता र सर्वसाधारणको हित हुन्छ वा धितोपत्र बजारको उचित सञ्चालनको लागि त्यस्तो अनुमतिपत्र दिन आवश्यक छ भन्ने लागेमा,

(ख) निवेदक संगठित संस्थाले उपदफा (२) मा उल्लिखित कुराहरू पूरा गरेको भएमा ।

२) उपदफा (१) बमोजिम धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र लिनका लागि बोर्ड समक्ष निवेदन दिने संगठित संस्थाले देहायका कुराहरू निवेदनमा उल्लेख गर्नु पर्नेछ ः–

(क) संगठित संस्था स्थापना गर्ने कानुनी व्यवस्था वा प्रबन्धपत्रमा सो संगठित संस्था धितोपत्र बजारको स्थापना र सञ्चालन गर्ने उद्देश्य लिई स्थापना भएको,

(ख) संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गरुञ्जेल पाँच करोड रुपैयाँमा नघट्ने गरी बोर्डले तोकिदिए बमोजिमको चुक्ता पूँजी कायम राख्ने,

(ग) संगठित संस्थाले बोर्डलाई सन्तुष्ट हुने गरी धितोपत्र बजार सञ्चालन गर्न आवश्यक व्यवस्था पूर्वाधार तथा सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधारहरू रहेको,

(घ) आफू मार्फत कारोबार हुने धितोपत्रलाई मान्यता प्रदान गर्न सूचीकरण वा त्यस्तै अन्य व्यवस्था गर्ने सम्बन्धी कुरा,

(ङ) संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गर्नका लागि प्रस्ताव गरेको विनियम तथा कारोबार सञ्चालन सम्बन्धी व्यवस्था तथा अवलम्बन गर्ने पद्धतिबाट धितोपत्र कारोबार नियमित रूपमा सञ्चालन भई लगानीकर्ताको हित संरक्षण हुने कुरा,

(च) धितोपत्र बजारमा भएका कारोबारहरूको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोबारको विवरणहरू प्रकाशन गर्न उपयुक्त व्यवस्था गरेको,

(छ) आफ्नो सदस्यहरूले गरेको कारोबारका सम्बन्धमा परेका उजुरीहरूका सम्बन्धमा उचित तवरले छानबिन गर्न सक्ने कुरा,

(ज) आफ्नो सदस्यहरूले करार बमोजिम दायित्व पूरा नगरेमा तत्सम्बन्धमा विनियममा उल्लेख भए बमोजिम कारबाही गरिने कुरा ।

Share this Law

दफा ३८ः धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.