दफा ८९ः अनुमतिपत्र खारेज गर्न सक्ने

Estimated reading: 0 minutes 370 views

१) बोर्डले देहायका अवस्थामा कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यस ऐन बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न प्राप्त गरेको अनुमतिपत्र खारेज गर्न सक्नेछ ;

(क) धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न बन्द गरेमा,

(ख) लगानीकर्ताको हित विपरीत हुने गरी धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गरेमा,

(ग) अनुमतिपत्रमा उल्लिखित शर्तहरु उल्लंघन गरेमा,

(घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमको उल्लंघन गरेमा,

(ङ) बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा,

(च) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेमा,

(छ) धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्राप्त कम्पनी वा संस्था विघटन भएमा,

(ज) धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गर्ने धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र खारेज गरी पाउँ भनी निवेदन दिएमा,

(झ) धितोपत्र व्यवसायीले आफूले नियुक्त गरेको प्रतिनिधि हटाएकोमा सोको सट्टा अर्को प्रतिनिधि नियुक्त नगरेमा,

(ञ) बोर्ड समक्ष पेश गर्नु पर्ने आर्थिक तथा कारोबार सम्बन्धी विवरण पेश नगरेमा,

(ट) दफा ५० बमोजिम बुझाउनु पर्ने दस्तुर सो दफाले तोकेको म्यादभित्र बोर्डमा नबुझाएमा ।

२) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज भएको कारणबाट त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र खारेज हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।

Share this Law

दफा ८९ः अनुमतिपत्र खारेज गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.