दफा १०९ः संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्था माथिको नियन्त्रण सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 376 views

१) कुनै संगठित संस्थालाई पूर्वरूपमा स्वामित्वमा लिने वा सो संगठित संस्थाको व्यवस्थापनमा नियन्त्रण गर्ने प्रयोजनको निमित्त कुनै व्यक्ति वा व्यक्तिहरूको समूह वा संगठित संस्थाले एकमुष्ट वा पटक पटक गरी त्यस्तो संगठित संस्थाको शेयर खरिद गर्ने भएमा त्यस्तो शेयर खरिद बिक्री सम्बन्धी कारोबार पारदर्शी किसिमबाट गर्नु पर्नेछ।

(२) कुनै व्यक्ति वा व्यक्तिहरूको समूह आपसमा मिली वा कुनै संगठित संस्थाले कुनै संगठित संस्थाको पचास प्रतिशत वा बोर्डले तोकिदिएको प्रतिशतभन्दा बढी शेयर खरिद गर्ने वा स्वामित्वमा लिने भएमा उपदफा (१) को प्रयोजनको निमित्त व्यवस्थापनमा नियन्त्रण गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिम संगठित संस्थाको पूर्ण स्वामित्व प्राप्त हुने गरी वा संगठित संस्थाको व्यवस्थापन माथि नियन्त्रण हुने गरी संगठित संस्थाको शेयर बिक्री सम्बन्धी प्रस्ताव राख्ने तरिका, शेयर खरिद बिक्री प्रक्रिया तथा तत् सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा १०९ः संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्था माथिको नियन्त्रण सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.