दफा ८५ः निरीक्षण तथा जाँचबुझ गर्न सक्ने

Estimated reading: 0 minutes 384 views

१) दफा ८४ बमोजिम नियमन तथा अनुगमन गर्ने प्रयोजनको लागि धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाले धितोपत्र सम्बन्धी काम कारबाही गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा निर्देशिका वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा आवश्यकता अनुसार बोर्ड आफैले वा अरू कसैलाई आफूलाई भएको अधिकार प्रत्यायोजन गरी निरीक्षण तथा जाँचबुझ गर्न गराउन सक्नेछ ।

२) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा अधिकार प्राप्त व्यक्तिले सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराउने संगठित संस्थामा रहेको सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा जाँचबुझ गर्न वा सम्बन्धित कुनै पनि व्यक्तिसँग सोधपुछ गर्न वा निजहरूको बयान लिन सक्नेछ ।

३) उपदफा (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गरिसकेपछि बोर्डले सोको प्रतिवेदन तयार गरी राख्नु पर्नेछ । बोर्डबाट अधिकार प्राप्त व्यक्तिले  निरीक्षण तथा जाँचबुझ गरेको भए सो व्यक्तिले त्यस्तो निरीक्षण तथा जाँचबुझको प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

४) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा अपनाउने कार्यविधि र निरीक्षण तथा जाँचबुझ पछि पेश गर्नु पर्ने प्रतिवेदन तयार गर्दा अपनाउने विधि तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ८५ः निरीक्षण तथा जाँचबुझ गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.