दफा १०३क. अनसुन्धान गरी मुद्दा दायर गर्ने

Estimated reading: 0 minutes 376 views

1१) दफा १०३ बमोजिम अनसुन्धानको लागि उजुरी सहित मिसिल कागजात प्राप्त भएमा वा आफूलाई प्राप्त उजुरी वा जानकारीको सम्बन्धमा प्रारम्भिक जाँचबझुको लागि बोर्डमा पठाइएकोमा बोर्डबाट दफा १०३ को उपदफा (३) बमोजिमको अवधिभित्र कुनै निर्णय नभएमा त्यस्तो उजुरीको सम्बन्धमा समेत प्रहरी प्रधान कार्यालयले कम्तीमा प्रहरी निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई अनुसन्धान अधिकारी तोकी कसूरको अनुसन्धान गराउनु पर्नेछ। त्यसरी अनुसन्धान गर्दा बोर्डसँग आवश्यक समन्वय गर्न तथा सहयोग लिन सकिनेछ।

२) उपदफा (१) बमोजिमको अनसुन्धान अधिकारीले मुद्दाको अनुसन्धान गरी प्रचलित कानुन बमोजिमको ढाँचामा अनुसन्धान प्रतिवेदन तयार गरी सम्बन्धित सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ।

३) उपदफा (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि सरकारी वकीलले मुद्दा चल्ने वा नचल्ने निर्णय गरी मुद्दा चल्ने भएमा अनुसन्धानको काम पूरा भएको पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।

1 सम्पत्ति शद्धुीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसाययक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा १०३क. अनसुन्धान गरी मुद्दा दायर गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.