परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था
दफा ५१ः धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्ने
धितोपत्र बजारले बोर्डलाई यस ऐन बमोजिमको कार्य सम्पादन गर्नको निमित्त आवश्यक सहयोग गर्नु पर्नेछ । त्यसरी सहयोग गर्ने क्रममा धितोपत्र कारोबार सम्बन्धी वा अन्य कुनै खास विषयमा बोर्डले कुनै जानकारी वा परामर्श मागेमा सो समेत बोर्डलाई उपलब्ध गराउनु पर्नेछ ।