परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

दफा ४२ः धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरण

Estimated reading: 0 minutes 55 views

१) धितोपत्र बजार सञ्चालन गर्न प्रदान गरिएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ ।

२) धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डमा बुझाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी सो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।

४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने संगठित संस्थाले प्राप्त गरेको धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र खारेज हुनेछ ।

Share this Law

दफा ४२ः धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.