परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

दफा ४०ः धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिने

Estimated reading: 0 minutes 53 views

१) दफा ३८ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायका अवस्थामा संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ;

(क) उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको सञ्चालन गर्न आवश्यक नभएमा,

(ख) लगानीकर्ताको हितको संरक्षणको निमित्त धितोपत्र बजार सञ्चालन गर्न दिनु उचित र उपयुक्त नदेखिएमा ।

२) उपदफा (१) मा उल्लिखित अवस्थामा कुनै संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नदिने भएमा बोर्डले सोको कारण खुलाई सम्बन्धित संगठित संस्थालाई सूचना गर्नु पर्नेछ ।

Share this Law

दफा ४०ः धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.