दफा ४४जः प्रतिवेदन पठाउनु पर्ने

Estimated reading: 0 minutes 285 views

१) यस ऐन बमोजिम कामकारबाही गर्ने सूचक संस्थाले प्रत्येक वर्ष आफूले सो वर्षभरि गरेको कामकारबाहीको समीक्षा सहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र नियमनकारी निकायमा पेश गर्नु पर्नेछ।

२) नियमनकारी निकाय, अनुसन्धान गर्ने निकाय र सम्बद्ध अन्य निकायले आफूले वर्षभरि गरेको कामकारबाहीको समीक्षा सहितको वार्षिक प्रतिवेदन समन्वय समितिले निर्धारण गरेको ढाँचामा तयार गरी आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्बन्धित मन्त्रालय मार्फत सो समितिमा पठाउनु पर्नेछ।

३) नियमनकारी निकायले उपदफा (२) बमोजिम प्रतिवेदन तयार गर्दा सूचक संस्थाले उपदफा (१) बमोजिम पेश गरेको प्रतिवेदनको विषयलाई समेत संक्षिप्त र एकीकृत रूपमा समावेश गरी गर्नु पर्नेछ।

४) उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनका आधारमा समन्वय समितिले वार्षिक प्रतिवेदन तयार गरी निर्देशक समितिमा पेश गर्नेछ।

५) उपदफा (४) बमोजिमको प्रतिवेदनको आधारमा निर्देशक समितिले वार्षिक प्रतिवेदनलाई अन्तिम रूप दिई नेपाल सरकार समक्ष पेश गर्नेछ र नेपाल सरकारले त्यस्तो प्रतिवेदन सङ्घीय संसदमा पेश गर्नेछ।  

Share this Law

दफा ४४जः प्रतिवेदन पठाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.