परिच्छेद–८ विविध

दफा ४४घः न्यूनतम खर्च दिन सकिने

Estimated reading: 0 minutes 47 views

१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा वा मुद्दाको कारबाही गर्दा कुनै व्यक्तिको सम्पूर्ण सम्पत्ति यस ऐन बमोजिम रोक्का भएको रहेछ र निज र निजसँग आश्रित अन्य व्यक्तिको जीवनयापनको लागि अर्को कुनै उपाय वा स्रोत रहेनछ भने त्यसरी रोक्का रहेको सम्पत्तिमध्येबाट त्यस्ता व्यक्तिलाई न्यूनतम रूपमा जीवनयापन गर्नको लागि आवश्यक पर्ने सम्पत्ति उपलब्ध गराउन अदालतले अनुसन्धान गर्ने कार्यालयलाई आदेश दिन सक्नेछ।

२) उपदफा (१) बमोजिमको आदेश भएकोमा अनुसन्धान गर्ने कार्यालयले त्यस्तो सम्पत्ति त्यस्तो व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।

Share this Law

दफा ४४घः न्यूनतम खर्च दिन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.