परिच्छेद–८ विविध

दफा ४४खः गोपनीयता सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 103 views

१) प्रचलित कानुन बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी सो सम्बन्धी प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईलाई यस ऐन बमोजिम आफ्नो कार्य सम्पादनको प्रयोजनका लागि गोप्य रहेको मानिने छैन ।

२) उपदफा (१) को प्रयोजनको लागि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले प्रयोजन खुलाई माग गरेमा सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी उपलब्ध गराउनु पर्नेछ ।

३) प्रचलित कानुन बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले माग गर्ने तथा त्यस्ता कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी उपलब्ध गराउने अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ४४खः गोपनीयता सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.