दफा ४४कः सूचना वा जानकारी प्रकट गर्न नहुने

Estimated reading: 0 minutes 300 views

१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर वा सम्बद्ध कसूरको सम्बन्धमा सूचक संस्था वा सोको पदाधिकारी वा कर्मचारीले देहायको प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी दिने, दिएको वा दिन लागेको व्यहोरा ग्राहक वा अन्य कुनै व्यक्तिलाई जानकारी दिनु हुँदैन;

(क) शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन वा यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा बढीको कारोबार सम्बन्धी प्रतिवेदन,

(ख) दफा १९क. बमोजिम कारोबारको निरन्तर अनुगमन आदेश सम्बन्धी प्रतिवेदन,

(ग) वित्तीय जानकारी इकाई, अनुसन्धान अधिकारी, प्रचलित कानुन बमोजिम कसूरको अनुसन्धान गर्ने सम्बन्धित अधिकारी वा नियमनकारी निकाय समक्ष उपलब्ध गराएको कागजात, अभिलेख वा सूचना,

(घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशन बमोजिम सूचक संस्थाले उपलब्ध गराउने अन्य कुनै विवरण वा जानकारी, वा

(ङ) खण्ड (क) देखि (घ) सम्मका प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी दिने पदाधिकारी वा कर्मचारीको परिचयात्मक विवरण ।

२) विभाग, अनुसन्धान अधिकृत वा विभागको कुनै कर्मचारी वा प्रचलित कानुन बमोजिम कसूरको अनुसन्धान गर्ने कुनै निकाय वा अधिकारीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर वा सम्बद्ध कसूरका सम्बन्धमा वित्तीय जानकारी इकाई वा सूचक संस्थाबाट प्राप्त भएको सूचना वा प्रतिवेदन, कागजात, अभिलेख वा जानकारी दिने वित्तीय जानकारी इकाई, सूचक संस्था वा त्यसको पदाधिकारी वा कर्मचारीको परिचय खुल्ने वा खुल्न सक्ने जानकारी कसैलाई दिनु हुँदैन ।

३) यस दफा बमोजिम जानकारी दिन नहुने विवरण वा व्यहोरा न्यायिक कारबाहीमा समेत उल्लेख गरिने छैन ।

४) यस दफा विपरीत कार्य गर्नेलाई देहायका अधिकारीले देहाय बमोजिम सजाय गर्नु पर्नेछ;

(क) नियमनकारी निकायले बैङ्क तथा वित्तीय संस्था वा क्यासिनोलाई दश लाख रुपैयाँसम्म जरिबाना,

(ख) नियमनकारी निकायले गैर वित्तीय पेशाकर्मी वा व्यवसायीलाई दुई लाख रुपैयाँसम्म जरिबाना,

(ग) सूचक संस्था सङ्गठित संस्था भए त्यस्तो संस्थाले आफ्नो पदाधिकारी वा कर्मचारीलाई त्यस्तो संस्थाको कानुन बमोजिम विभागीय सजाय,

(घ) सेवाको गठन तथा सञ्चालन सम्बन्धी प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुख, अनुसन्धान अधिकृत वा विभागको कर्मचारी वा प्रचलित कानुन बमोजिम कसूरको अनुसन्धान गर्ने अधिकारीलाई सम्बन्धित अख्तियारवालाले विभागीय सजाय,

(ङ) सेवाको गठन तथा सञ्चालन सम्बन्धी प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि वित्तीय जानकारी इकाईको प्रमुख वा कर्मचारीलाई सम्बन्धित अख्तियारवालाले विभागीय सजाय।

Share this Law

दफा ४४कः सूचना वा जानकारी प्रकट गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.