दफा ३८: लिलाम बिक्री गर्न सकिने

Estimated reading: 0 minutes 378 views

१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा नियन्त्रणमा लिइएको कुनै सम्पत्ति वा साधन लामो समयसम्म राखिरहँदा खिया लागी वा अरू कुनै परिबन्धबाट टूटफूट वा नोक्सान हुन सक्ने देखिएमा, सडी गली जाने भएमा, पुरानो भई मूल्य घट्न जाने भएमा वा स्थानाभावको कारणले सम्भार गर्न वा राख्न नसकिने भएमा प्रचलित कानुन बमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो सम्पत्ति वा साधन लिलाम बिक्री गर्न सकिनेछ ।

२) उपदफा (१) बमोजिम गरिएको लिलामबाट प्राप्त आम्दानी धरौटी खातामा जम्मा गरिनेछ र त्यस्तो सम्पत्ति वा साधन पछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने ठहर भएमा लिलाम बिक्रीबाट प्राप्त रकम मात्र निजलाई फिर्ता दिइनेछ ।

Share this Law

दफा ३८: लिलाम बिक्री गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.