दफा ३५झ: परिपालना परीक्षकको काम, कर्तव्य तथा अधिकार

Estimated reading: 0 minutes 320 views

दफा ३५ङ. बमोजिम सूचक संस्थाको सम्परीक्षण गर्ने परिपालना परीक्षकको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ;

(क) सूचक संस्थाको कुनै पनि विवरण तथा कागजातमा पहुँच प्राप्त गर्ने,

(ख) सूचक संस्थाको कुनै पनि पदाधिकारी तथा कर्मचारीसँग आवश्यक जानकारी लिने,

(ग)  वित्तीय जानकारी इकाई र नियमनकारी निकायले सम्परीक्षण सम्बन्धमा दिएको निर्देशन वा मार्गदर्शन पालना गर्ने वा सूचक संस्थाको सम्बन्धमा दिएको जानकारी सम्परीक्षणको सिलसिलामा प्रयोग गर्ने,

(घ) प्रचलित कानुन बमोजिम बाह्य लेखापरीक्षकलाई प्राप्त काम, कर्तव्य तथा अधिकार प्रयोग गर्ने,

(ङ) प्रत्येक वर्षको पुस मसान्तभित्र देहायको प्रतिवेदन देहायका निकायमा पेश गर्ने;

(१) सम्परीक्षणको प्रतिवेदन सूचक संस्थाको सञ्चालक समिति वा प्रमुख समक्ष,

(२) लङ्ग फर्म प्रतिवेदन नियमनकारी निकायमा,

(३) निर्धारित सीमाभन्दा बढीको कारोबार तथा शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदनको सम्बन्धित भाग वित्तीय जानकारी इकाईमा।

(च) सम्परीक्षण गर्ने सम्बन्धमा तोकिए बमोजिमका अन्य काम गर्ने।

Share this Law

दफा ३५झ: परिपालना परीक्षकको काम, कर्तव्य तथा अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.