दफा ३५ज: परिपालना परीक्षक हुन अयोग्य मानिने

Estimated reading: 0 minutes 296 views

१) देहायको व्यक्ति दफा ३५च. बमोजिम परिपालना परीक्षकको रूपमा सूचीकृत हुन अयोग्य मानिनेछ;

(क) गैर नेपाली नागरिक,

(ख) नेपालभित्र वा विदेशमा कर्जा तिर्न नसकी दामासाहीमा परेको,

(ग) नेपालभित्र वा विदेशमा बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्थासँगको कुनै कारोबारमा डिफल्टरबाट फुकुवा भएको मितिले कम्तीमा पाँच वर्ष पूरा नभएको,

(घ) सूचक संस्था, नियमनकारी निकाय वा अनुसन्धान गर्ने निकायको बहालवाला सञ्चालक, पदाधिकारी वा कर्मचारी,

(ङ) सूचक संस्थासँग वित्तीय स्वार्थ रहेको वा कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको,

तर यस खण्डको प्रयोजनको लागि एक प्रतिशतभन्दा कम शेयर स्वामित्व भएको वा कानुनी सल्लाहकार वा लेखापरीक्षक भएको अवस्थालाई निजी वा वित्तीय स्वार्थ रहेको मानिने छैन।

(च) प्रचलित कानुन बमोजिम तिर्नु पर्ने कर चुक्ता नगरेको,

(छ) सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी कसूर, अन्य गम्भीर कसूर वा जघन्य कसूरमा अदालतबाट कसूरदार ठहरिएको,

(ज) अदालतको फैसला बमोजिम लागेको कैद, जरिबाना तिर्न बुझाउन बाँकी रहेको।

२) उपदफा (१) र दफा ३५छ. मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्था आफैँ वा नियमनकारी निकायले विशेष परिस्थितिमा कुनै सूचक संस्था आफैँ वा नियमनकारी निकायले विशेष परिस्थितिमा कुनै सूचक संस्थाको तोकिए बमोजिमको स्वदेशी वा विदेशी विज्ञबाट वा संयुक्त रूपमा विशेष परिपालना परीक्षण वा जोखिम मूल्याङ्कन गर्न वा गराउन बाधा पुगेको मानिने छैन।

३) दफा ३५ङ. बमोजिमका सूचक संस्थाले परिपालना परीक्षण गराउनुपूर्व त्यस्तो संस्थाको जोखिम मूल्याङ्कनको स्वतन्त्र समीक्षा दफा ३५च. बमोजिमको परिपालना परीक्षक वा जोखिम सम्बन्धी नेपाली विज्ञबाट गराउनु पर्नेछ।

तर कुनै खास करणले त्यस्तो समीक्षा वा परिपालना परीक्षण विदेशी विज्ञबाट गराउनु परेमा नियमनकारी निकायलाई जानकारी दिई गराउन बाधा पर्ने छैन।

Share this Law

दफा ३५ज: परिपालना परीक्षक हुन अयोग्य मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.