दफा ३५घ: गैरनाफामूलक संस्था दर्ता गर्ने वा नियमनकारी निकायको काम

Estimated reading: 0 minutes 308 views

१) प्रचलित कानुन बमोजिम गैरनाफामूलक संस्था दर्ता गने, आबद्धता दिने वा त्यस्तो संस्थाको नियमन गर्ने निकायले सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धमा देहाय बमोजिमको काम गर्नु पर्नेछ;

(क) गैरनाफामूलक संस्थाको सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वा यस ऐन विपरीतका अन्य कुनै कार्यमा प्रयोग हुन नसक्ने गरी आवश्यक व्यवस्था गर्ने,

(ख) सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी शङ्कास्पद सूचना वित्तीय जानकारी इकाईलाई दिने,

(ग) गैरनाफामूलक संस्थाको कामकारबाही पारदर्शी र विश्वसनीय बनाउन त्यस्ता संस्थाबाट लाभ प्राप्त गने व्यक्ति वा समूहको पहिचान गर्न आवश्यक मापदण्ड बनाई लागू गर्ने वा गराउने,

(घ) क्षेत्रगत तथा संस्थागत जोखिम मूल्याङ्कन तथा व्यवस्थापन गर्ने वा गराउने,

(ङ) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी काम कारबाहीको जोखिमको आधारमा सम्बन्धित संस्थाले खर्च व्यहोर्ने गरी यस ऐन बमोजिम प्रभावकारिता सम्बन्धी सम्परीक्षण गर्ने वा गराउने,

(च) जोखिमका आधारमा निरीक्षण, सुपरिवेक्षण वा अनुगमन गर्ने।

२) प्रचलित कानुन बमोजिम गैरनाफामूलक संस्थाको नियमनकारी निकायले उपदफा (१) बमोजिमको कामकारबाहीको सम्बन्धमा सम्बन्धित गैरनाफामूलक संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ।

३) उपदफा (२) बमोजिम दिइएको निर्देशन पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ।

४) उपदफा (२) बमोजिम आबद्धता दिने निकायले दिएको निर्देशन पालना नगर्ने  गैरनाफामूलक संस्थालाई कारबाही गर्नको लागि त्यस्तो संस्थाको नियमनकारी निकाय भए सो निकाय र सो नभएमा त्यस्तो संस्था दर्ता गर्ने निकायमा लेखी पठाउनु पर्नेछ।

५) उपदफा (२) बमोजिम दिइएको निर्देशन पालना नगर्ने गैरनाफामूलक संस्थालाई त्यस्तो संस्थाको नियमनकारी निकाय भए सो निकायले र सो नभएमा त्यस्तो संस्था दर्ता गर्ने निकायले पहिलो पटकलाई पाँच लाख रुपैयाँसम्म र त्यसपछि पटकैपिच्छे दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।

Share this Law

दफा ३५घ: गैरनाफामूलक संस्था दर्ता गर्ने वा नियमनकारी निकायको काम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.