दफा ३५ग: विवरण राख्नु पर्ने

Estimated reading: 0 minutes 277 views

१) प्रचलित कानुनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३५क. बमोजिमको कानुनी व्यक्तिले आफ्नो नाम, ठेगाना, दर्ता तथा इजाजतपत्र, कानुनी स्वरूप तथा हैसियत, कार्यक्षेत्र, नियमन सम्बन्धी कानुन र निकाय, सञ्चालक समिति वा त्यस्तै प्रकारको अन्य समितिको पदाधिकारीको परिचय खुल्ने विवरण सार्वजनिक रूपमा उपलब्ध हुने गरी राख्नु पर्नेछ।

२) दफा ३५क. बमोजिमको कानुनी व्यक्तिमा वास्तविक धनीको रूपमा कोही रहेको भए त्यस्तो कानुनी व्यक्तिले सूचक संस्थाको ग्राहक बन्दा त्यस्तो वास्तविक धनीको विवरण समेत खुलाई दिनु पर्नेछ।

३) उपदफा (१) बमोजिमको विवरण अद्यावधिक गरी सार्वजनिक रूपमा नराख्ने वा उपदफा (२) बमोजिम वास्तविक धनीको विवरण नखुलाउने कानुनी व्यक्तिलाई नियमनकारी निकाय भए सो निकायले र त्यस्तो निकाय नभएमा दर्ता गर्ने निकायले पाँच लाखदेखि पचास लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

Share this Law

दफा ३५ग: विवरण राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.